"महाशाखामा आज......."

“अबैध तरिकाले सवारी चालक अनुमती पत्र प्रदान गर्ने ब्यक्तिहरु पक्राउ”

घटना विवरण :
यातायात ब्यवस्था कार्यालयका कर्मचारीहरुको मिलोमतोमा सवारी चालक अनुमती पत्र प्रदान गर्न तोकिएका मापदण्डहरु, दरखास्त फारम, लिखित परिक्षा, ट्रायल परिक्षा, अन्तरवार्ता आदी कुराहरु पूरा नगरीकन नै रकम दिएकै भरमा प्रति स.चा.अ.प.रु.२०,०००।– लिई यातायात ब्यवस्था कार्यालयको अभिलेख दर्ता किताब ( ढड्डा ) मा अभिलेख जनाई स.चा.अ.प. प्रदान गर्ने गरेको भन्ने बिशेष सुराकीको आधारमा यस महाशाखाबाट खटिई खएको अनुसन्धान टोलीले आवश्यक अनुुसन्धन गर्दै जाँदा यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरबाट पदम बहादुर पौड्याल क्षेत्रीको नाममा जारी भएको ०६–२२८७४० नं.को र किशोर कुमार श्रेष्ठको नाममा जारी भएको ०६–२२८७७६ नं.को समेत २ थान हेभी स.चा.अ.प., यातायात ब्यवस्था कार्यालयको अभिलेख दर्ता किताब ( ढड्डा ) थान १ साथै सो कार्यमा संलग्न यातायात ब्यवस्था कार्यालयका कर्मचारीहरु दुई जना तथा दलालहरु दुई जना समेत गरी चार जनालाई पक्राउ गर्न सफल भएको । पक्राउ अभियुक्तहरुको अनुसन्धान कार्य जारी रहेको ।
पक्राउ अभियुक्तहरु :
१) लक्ष्मण प्रसाद श्रेष्ठ ( शाखा अधिकृत ) ।
२) शम्भु आचार्य ( खरीदार ) ।
३) मनु थापा ( दलाल ) ।
४) वर्क बहादुर थापा ( दलाल ) ।

मिति : २०६७।०५।२० गते ।

**************************************************************

"बाघको छाला सहित मानिस पक्राउ"

घटना विवरण :
काठमाण्डौं उपत्यकामा अवैद्य रुपमा दुर्लभ वन्यजन्तु बाघको छाला तस्करी हुने गरेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ यस महाशाखाबाट खटिई गएको अनुसन्धान टोलीले मिति २०६७।०५।२० गते अवैद्य रुपमा बाघको छाला झोलामा लुकाई छिपाई राखेको अवस्थामा का.जि. सुन्धाराबाट ४ जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको ।

पक्राउ अभियुक्तहरु :–

१. जि. बारा, करैया गा.वि.स.– ७ बस्ने बर्ष ४८ को जय नारायण राउत ।

२. जि. बारा, हरैया गा.वि.स.– ७ बस्ने बर्ष १९ को अशोक कुमार केसरी ।

३. जि. बारा, करैया गा.वि.स.– ७ बस्ने बर्ष २१ को राजु प्रसाद यादव ।

४. जि. पर्सा, विरगंज न.पा.–१४ बस्ने बर्ष ४२ को विनोद महतो ।

बरामद सामान :–
* बाघको छाला थान – १

अपराध :–
– राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ को दर्फा २० को उपदफा १ अनुसार दुर्लभ वन्य जन्तुको ओसारपसार तथा विक्री वितरण ।

कानूनी प्रावधान :–
राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ को दर्फा २० को उपदफा १ अनुसार दुर्लभ वन्य जन्तुको ओसारपसार तथा विक्री वितरण गरेमा सो ऐनको दफा २६ को उपदफा १ अनुसार रु. ५० हजार देखि १ लाख सम्म जरीवाना वा ५ वर्ष देखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने ।

मिति २०६७।०५।२० गते ।

**********************************************************

“अबैध हतियार सहित मानिस पक्राउ”
घटना विवरण :
हाल काठमाण्डौं उपत्यकामा अबैधरुपमा हातहतियारको ओसारपोसार तथा संचालन गरी बिक्रिबितरण गर्ने गिरोह सक्रिय रहेको भन्ने बिशेष सुचनाको आधारमा यस महाशाबाट खटाईएको प्रहरी अनुसन्धान टोलीले अबैध हात–हतियार सहित निम्न मानिसहरुलाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ अभियुक्तहरु
१) जि. मकवानपुर घियाल गा.बि.स.वडा नं ८ बस्ने बर्ष २४ को सुवाश वाईवा तामाङ्ग

२) जि.सिन्धुली कमलामाई न.पा. वडा नं ६ बस्ने बर्ष २० को राम ब. थापा ।

बरामद हतियार

मिति २०६७/०५/१८ गते ।

**********************************************************

"ला.औ.(चरेस) सहित मानिसहरु पक्राउ"

काठमाडौ उपत्यका भित्र अवैध रुपमा ला.औ (चरेश) भित्रयाइरहेका छन् भन्ने विशेष सुचनाको आधारमा यस महाशाखाबाट खटिई गएको अनुसन्धान टोलीले मिति २०६७।०५।१७ गते का.जि. का म. न पा. वडा न. १४ कलंकी स्थित मकालु पेट्रोल पम्प नजिक स्कुसराखेको वोरामा लुकाइ छिपाई राखेको अवस्थामा जि.मकवानपुर टिस्टुङ्ग गा.वि.स. वडा न. ५ बस्ने बर्ष ५७ को जेठा भन्ने मान ब मोक्तान, ऐ.ऐ बस्ने बर्ष ३२ को साईला तामाङ्ग र ऐ.ऐ बस्ने बर्ष २४ को गंगा ब. तामाङ्ग समेत तीन जना व्यक्तिहरुलाई ला.औ (चरेश) ६ के जी.सहित पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात थप कानुनी कारवाहीको लागि मिति २०६७।०५।१८ गते महानगरीय प्रहरी परिसर, काठमाडौ पठाइृएको ।

मिति : २०६७।०५।१८ गते ।

**********************************************************

“अबैध रुपमा नक्कली शैक्षिक प्रमाण पत्र बनाउने गिरोहहरु पक्राउ”
घटना विवरण :
अबैध रुपमा नक्कली शैक्षिक प्रमाण पत्र बनाउने गिरोहहरु पक्राउ उपत्यका भित्र नक्कली शैक्षिक प्रमाण पत्र बनाई अबैध रुपमा पैसा असुली गर्ने कार्य भई रहेको छ भन्ने बिशेष सूचना प्राप्त हुना साथ यस महाशाखाबाट खटिइ गएका प्रहरी अनुसन्धान टोलीले उक्त कार्यमा संलग्न रहेका ३ जना ब्यक्तिहरुलाई मिति २०६७।५।४ गते विभिन्न ब्यक्तिको नामको नक्कली शैक्षिक प्रमाण पत्र सहित काठमाण्डौं त्रिपुरेश्वरबाट पक्राउ गर्न सफल भएको हाल आवश्यक अनुसन्धान पश्चात मिति २०६७।५।६ गते सरकारीछाप दस्तखत किर्ते ऐन अन्तर्गत अन्य थप अनुसन्धान तथा कारवाहीको लागी म.न.प्र. परिसर काठमाण्डौं पठाईएको ।
पक्राउ प्रतिवादीहरु
जि.सर्लाही मलंगवा न.पा.वडा नं. २ घर भई हाल Aman English Boarding School का प्रिन्सिपल बर्ष ३८ को अनवर अलि

जि सर्लाही डुमरीया घर भई हाल का.जि. थापाथली चोकमा अल्फा ऐजुकेशन सेन्टरका संचालक बर्ष ३२ को संजिब सिंह


जि. रामेछाप पिङखुरी गा.वि.स. वडा नं.७ घर भई हाल का.म.न.पा.अल्फा ऐजुकेशन सेन्टरमा काम गर्ने बर्ष २१ को राजन जइरु, ।


बरामद सामानहरु :
बरामद सामानहरु :
१) भगवान उप्रेतिको नाउमा जारी भएका S.L.C मार्कसिट थान १
२) भगवान उप्रेतिको नाउमा जारी भएको जि.शि.कार्यालय काठमाण्डौं लेखिएको चारित्रिक प्रमाणपत्र थान १
३) शरोज शाक्यको नाउमा जारी भएको जि.शि.कार्यालय काठमाण्डौं लेखिएको चारित्रिक प्रमाणपत्र थान १

मिति २०६७।०५।o६ गते ।

*********************************************************

“बिभिन्न सारकारी छाप दस्तखत किर्ते गर्ने व्यक्ति पक्राउ”
घटना विवरण :
काठमाण्डौं उपत्यकामा बिभिन्न सरकारी छाप दस्तखत किर्ते गरी बिभिन्न कार्यालयका सर्टिफिकेटहरु बनाउने मध्येका व्यक्तिलाई एस.एल.सी.को मार्क सिट तथा चारित्रिक प्रमाणपत्र सहित पक्राउ गर्न सफल ।

पक्राउ अभियुक्त
१. जि.झापा दमक न.पा. वडा नं १५ घर भई हाल हाडिगाउ बस्ने बर्ष २८ को रोहित पौडेल ।

वरामदी सामानहरु
रमा इटनीको नामको एस.एल.सी.को सर्टीफिकेट तथा चारित्रिक प्रमाणपत्र ।

मिति २०६७।४।३० गते
**********************************************************
“हात हतियार बिक्रिबितरण गर्ने गिरोह पक्राउ”
घटना विवरण :
हाल काठमाण्डौ उपत्यकामा अबैध रुपमा हातहतियारको कारोवार तथा बिक्रिबितरण गर्ने गिरोह सक्रिय रहेको भन्ने गोप्य सुचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाबाट खटिएको बिशेष टोलिले जिल्ला काठमाण्डौ कपन गा.बि.स. वडा नं १ फैका चोकबाट मिति २०६७।०४।२९ गते जि. मकवानपुर पदमपोखरी घर भई हाल का.जि. कपन बस्ने बर्ष २७ को संजय गोलेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्दा उक्त Madein USA लेखिएको पेस्तोल थान १ ए मा फिट हुने म्याग्जीन थान २ राँगाको खरिद बिक्रि गर्ने जि. पर्सा जितपुर गा.बि.स. वडा नं ९ बस्ने बर्ष २१ को जैनुदिन अंसारीले भारतबाट खरिद गरीे काठमाण्डौं पठाउने र काठमाण्डौंमा सन्जय गोलेले बिक्रिबितरण गर्ने गरेको भन्ने अनुसन्धानबाट खुल्न आएको ।
पक्राउ प्रतिबादीहरु
१) जि. मकवानपुर पदमपोखरी घर भई हाल
का.जि. कपन बस्ने बर्ष २७ को सन्जय गोले ।

२) जि. पर्सा जितपुर गा.बि.स. वडा नं ९ बस्ने
बर्ष २१ को जैनुदिन अंसारी

बरामद भएको दशी प्रमाणहरुको फोटो

मिति:२०६७।०४।२९गते

**********************************************************
“बिना ईजाजत विभिन्न बिदेशी मुद्राहरु अपचलन गर्ने व्यक्ति पक्राउ”

घटना विवरण :
काठमाण्डौ उपत्यका लगायतका स्थानहरुमा छिट्टै मुनाफा कमाउने उद्देश्यले सम्बन्धीत निकायको स्वीकृती बेगर नै बिभिन्न बिदेशी मुद्राहरु अपचलन (बिक्रीवितरण) गर्दै हिड्ने गरेको भन्ने बिशेष सुराकीको आधारमा यस महाशाखाबाट खटिई गएको अनुसन्धान टोलीले का.जि.मित्रनगरबाट विभिन्न देशहरुका बिभिन्न दरका मुद्राहरु सहित मानिस पक्राउ गर्न सफल । पक्राउ अभियुक्तको आवश्यक अनुसन्धान जारी रहेको ।

पक्राउ अभियुक्त :
१. जिल्ला तनँहु पुर्कोट ३ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.२९ मित्रनगर स्थित ओसिस मनिएक्सचेन्ज खोली बस्ने वर्ष ३२ को विवेक श्रेष्ठ ।

वरामदी सामानहरु :
 अमेरिकन डलर १०० दरको ५० थान, २० दरको ४ थान, १० दरको ६ थान, ५ दरको १ थान, १ दरको २५ थान गरी जम्मा ५१७०।–
 अरवी रियाल ५० दरको ११ थान, १० दरको १३ थान, ५ दरको १५ थान, १ दरको ५ थान गरी जम्मा ७६०।–
 मलेसियन मुद्रा ५० दरको २५ थान, १० दरको २७ थान, ५ दरको ५ थान, १ दरको ५ थान गरी जम्मा १५५०।–
 दुबई दिराम ५० दरको २ थान, २० दरको २ थान, १० दरको १० थान, ५ दरको १० थान गरी जम्मा २९०।–
 कतारी रियाल ५० दरको १ थान, १० दरको २२ थान, ५ दरको २० थान, १ दरको १६ थान गरी जम्मा ३८६।–

मिति : २०६७।०४।२८ गते ।

**********************************************************

“हतियार सहित मानिस पक्राउ”

घटना बिवरण :
राजधानी लगायत उपत्यकाका विभिन्न स्थानहरुमा अज्ञात व्यक्तिको समूहले अबैध रुपमा हातहतियार साथमा राखी ठेक्का, टेण्डर लगायतका विविध विषयहरुलाई लिएर पैसा असुली गर्ने कार्य गर्ने गर्दछन् भन्ने बिशेष सूचनाको आधारमा यस महाशाखाबाट खटिई गएको बिशेष अनुसन्धान टोलीले मिति २०६७।०४।२४ गते अपरान्ह अबैध रुपमा हातहतियार साथमा राख्ने एक जनालाई का.जि.का.म.न.पा.म्हेैपीबाट हतियार सहित पक्राउ गर्न सफल । पक्राउ अभियुक्तलाई आवश्यक अनुसन्धान पश्चात मिति २०६७।०४।२५ गते हातहतियार खरखजना ऐन अन्तर्गत कानूनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौं पठाईएको ।

पक्राउ अभियुक्त :
१) जि. नुवाकोट मनकामना गा.वि.स. वडा नं.२ घर भई हाल का.जि.म्हैपी बस्ने वर्ष २३ को ईमान सिंह तामाङ्ग ।

बरामदी सामानहरु :
## 9mm, Made in Italy लेखेको पिस्तोल थान १ ।
## ऐ.को म्याग्जिन थान २ ।
## ऐ.मा लाग्ने गोली राउण्ड थान ७ ।

प्रारम्भिक अनुसन्धानवाट खुले अनुसार :
उक्त हतियार बिभिन्न ठेक्का, टेन्डर लगयतका स्थानहरुमा अवैध रुपमा पैसा असुली गर्ने कार्यमा प्रयोग गर्ने गरेको । प्रयोग गरे पश्चात पक्राउ अभियुक्त ईमान सिंह तामाङ्गले लुकाई छिपाई राख्ने गरेको ।

कानुनी प्रावधान :
हातहतियार तथा खरखजना ऐन २०१९ को संसोधित ऐन अन्तर्गत पुर्पक्षमा राखी अनुसन्धान गर्ने व्यवस्था रहेको र ३ वर्ष देखी ५ वर्ष सम्म कैद वा ५००० देखी २५००० सम्म जरीवाना हुने कानुनी व्यवस्था ।

मिति : २०६७।०४।२५ गते ।

**********************************************************

“लागु औषध (खैरा हिरोइन) सहित मानिस पक्राउ”

घटना बिवरण :
विगत केही समयदेखि काठमाण्डौ उपत्यकामा बिभिन्न किसिमको लागू औषधको ओसार पसार, बिक्री वितरण लगायतका कारोवार गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा यस महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०६७।०४।२३ गते का.जि.शेषनारायण गा.बि.स.वडा नं.१ स्थित फर्पीङ्ग चोकबाट करिव १ किलो ला.औ.(खैरो हिरोईन) सहित मानिस पक्राउ गर्न सफल । पक्राउ अभियुक्तलाई आवश्यक अनुसन्धान पश्चात थप कानूनी कारवाहीको लागि म.न.प्र.परिसर, काठमाण्डौं पठाईएको ।

पक्राउ अभियुक्त :
१) जिल्ला बारा, बाडाहा गा.वि.स. वडा नं. १ बस्ने वर्ष ३० को राधेश्याम प्रसाद साहा

बरामदी सामानहरु :
## ला.औ.(खैरो हिरोईन) १ किलो ।
## ना.१० प ५८०० नं.को हिरो होण्डा मो.सा.थान १।
## राधेश्याम प्रसाद साहाको नामको नागरिकताको प्रमाणपत्रको फोटोकपी थान १।
## लागू औषध राखेको खैरो झोला थान १।
## घडी थान १।
## सुनको जस्तो देखिने लकेट थान १।

अनुसन्धाबाट खुल्न आएको तथ्यहरु :
## निजले भारतको रक्सौल नाकाबाट सस्तो मुल्यमा ला.औ.खैरो हिरोईन खरिद गरी नेपालको विशेष गरी काठमाण्डौ उपत्यकाको शहरी क्षेत्रमा महँगो मुल्यमा बिक्री वितरण गर्ने गरेको भन्ने बुझीन आएको ।
## भारतको रक्सौल नाकाबाट सरासर राजमार्गको बाटो भएर ला.औ.लिएर आउदा राजमार्गको बिभिन्न स्थानमा हुने चेकिङ्गको कारण उपत्यका सम्म ल्याई पु¥याउन अप्ठ्यारो पर्ने हुनाले हेटौडाबाट सिधै भैसे हुँदै उपत्यकामा भित्राउने गरेको भन्ने खुल्न आएको ।

कानूनी प्रावधान :
## लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा ६(३) अनुसार लागू औषध खैरो हिरोईनको कारोवार गर्ने व्यक्तिलाई १०० ग्राम भन्दा जति सुकै बढी भए पनि १५ वर्ष देखि जन्म कैद सम्म र ५ लाख देखि २५ लाख सम्म जरिवाना गर्ने कानूनी प्रावधान रहेको ।

मिति : २०६७।०४।२३ गते ।

**********************************************************

“अबैध रुपमा बंगलादेशी नागरिकलाई नेपाली राहदानी दिलाई बिदेश पठाउने बंगलादेशी नागरिकहरु पक्राउ”
घटना बिवरण:
बिगत केही समय देखी बंगलादेशबाट बंगलादेशी नागरिकहरु नेपालमा टुरिष्ठ भिषा लिई काठमाण्डौ आउने र काठमाण्डौका विभिन्न स्थानमा बसी नेपाली नागरिकको राहादानी खरिदगरी सो मा भएको फोटो परिर्वतन गरि आफनो वा बंगलादेशी नागरिकको फोटो टांसी विदेशमा जाने गरेको गिरोह सक्रिय रहेको थाहा पाई बंगालादेशी नागरिकहरु बस्ने गरेको होटलहरु छापा मार्ने क्रममा मिति २०६७।०४।१८ गते का.जि.का.म.न.पा.वडा नं.७ गौशाला स्थित संगम होटल र का.जि.का.म.न.पा.वडा नं १७ ढल्कु स्थित मोनालिसा होटलमा छापामार्दा तपसिलका बंगालादेशी नागरिकहरुले अवैधरुपमा नेपाली नागरिकको राहादानी प्राप्त गरि सो मा भएको फोटो परिर्वतन गरि अन्य बंगलादेशी नागरिकहरुलाई सो नेपाली राहादानीमा विदेश पठाउन खोज्ने जना ४ र विभिन्न सबुद प्रमाण बरामद भई यस महाशाखामा दाखिला हुन आएको ।

पक्राउ अभियुक्तहरुको विवरणः–

क) नामः– महमद सकिल अहमद

ख) रमजान अली – राहदानी नं. B 1162784

ग) फारुक अहमद – राहदानी नं. O 863476

घ) सरिफ

बरामद सामानहरुः–
१) नेपाली राहदानी थान १ पि.सी गरेको बंगलादेशी राहदानी थान १ पि.सी गरेको ।
२) US$ 940
३) नेपाली रु ९०००।–

मिति २०६७-०४-१९ गते
**********************************************************

“ कुँवेतमा ७ बर्ष सम्म अलपत्र परी बसेकी महिलाको उद्धार”

घटना विवरण :
मिति २०६० साल फागुन महिनामा जि.गोरखा गुम्दा गा.वि.स.वडा नं.५ घर भएका ईन्द्रमान तामाङ्गको छोरी तत्काल बर्ष १६ हाल बर्ष २३ की दिल कुमारी गुरुङ्ग बैदेशिक रोजगारको लागि काठमाण्डौं हुँदै दिल्ली पुगी सोही स्थानबाट हाल सम्म वेपत्ता भएकोले खोजतलास गरी पाउँ भन्ने निजको दाजु अस्पाल गुरुङ्गले मिति २०६६।१२।२३ गते यस कार्यालयमा निवेदन दिएको ।

सूचना प्राप्त हुना साथ खोजतलासको लागि यस महाशाखाबाट गरिएको अनुसन्धान विवरण :

 निजलाई विदेश पठाउने व्यक्तिहरुको पहिचान गरी अनुसन्धान गरिएको ।
 अनुसन्धान गर्दै जाँदा निज महिला दिल्ली हुँदै अल्वदाहा अफिस मार्फत कुँवेतको व्बजचबप त्बझबप भन्ने स्थानमा रहेको भन्ने बुझिन आएको ।
 उल्लेखित स्थानमा निज महिला छन वा छैनन् भनि कुँवेत स्थित नेपाली दुतावासमा E-mail मार्फत फोटो सहितको विवरण पठाईएको ।
 निज महिलाले सूचना प्राप्त गरे पश्चात मिति २०६६ साल चैत्र महिनामा कुँवेत स्थित नेपाली राजदुतावासको सम्पर्कमा आएकी ।
 निजले दुतावासमा सम्पर्क गरेको खबर प्राप्त पश्चात पुनः यस महाशाखाबाट नेपाल फिर्ता गरी दिन हुन भनि बारम्बार अनुरोध गरीएको ।
 मिति २०६७।०४।१३ गते निज महिलालाई दुतावासले सम्पूर्ण व्यावस्था गरी नेपाल फिर्ता पठाई दिएको ।

**********************************************************

“नक्कली राहदानी बनाई विदेश पठाउन सक्रिय समुह पक्राउ”
घटना विवरण :
काठमाण्डौं उपत्यकामा मानिसहरुलाई प्रलोभनमा पारी बैदेशिक रोजगारको लालसा देखाई जाली राहदानी बनाई बिदेश पठाउने गरेको भन्ने बिशेष सुराकीको आधारमा यस महाशाखाबाट खटिई गएको अनुसन्धान टोलिले बिभिन्न व्यक्तिका नाममा जारी गरीएको तयारी राहदानी तथा सो प्रयोजनामा प्रयोग नगद रु ८० हजार सहित सो कार्यमा सक्रिय समुहलाई मिति २०६७।०४।१४ गते पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात थप कानूनी कारवाहीको लागि म.न.प्र. परिसर काठमाण्डौं पठाईएको ।
पक्राउ अभियुक्त :
१ जिल्ला बर्दिया जमुनी–३ बस्ने बर्ष ४२ को सेते लाल पौडेल ।

२ जिल्ला बर्दिया जमुनि – ६ वर्ष ३७ को बिर बहादुर रतन ।

३ का.जि. कुलेश्वर – १४ काठमाण्डौ बस्ने बर्ष ३२ को निसा धिताल ।

४ जिल्ला पर्वत लेकफाट–१ बस्ने वर्ष ३३ हरी बहादुर सुबेदी ।

५ जिल्ला मकवानपुर ईपा– ७ बस्ने बर्ष २७ को किरण कठायत ।

वरामदी सामानहरु :
१. बिभिन्न व्यक्तिको राहदानी ११ थान
२. नगद रु ८० हजार

मिति : २०६७।०४।१४ गते ।

**********************************************************

महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोका ।

“अपराध बिरुद्धको लडाईमा ऐक्यबद्ध होऔं ।”


Previous - tt