देशमा विद्यमान राजनैतिक संक्रमण काल, अनियन्त्रित शहरीकरण तथा द्रूत आर्थिक कारोवार, प्राविधिक विकाश, खुल्लापन, उदारवादी जस्तो देखिने शासन प्रणाली तथा बढ्दो वेरोजगारी तथा पेशेवार अपराधीहरुको गिरोहहरुको गतिविधीका कारण उपत्यकामा देखा परेका परम्परागत र विविध नयां शैली एवं नयां क्षेत्र र नयां प्रकृतिका अपराधहरुको प्रभावकारी नियन्त्रण अनुसन्धान र अन्वेषण गर्नु नेपाल प्रहरीको लागि एउटा चुनौतीको रुपमा खडा भएको छ । यस चुनौतीलाई आत्मसात गरी वर्तमान र भावी दिनहरुमा हुन सक्ने अपराध विरुद्धको अभियानलाई प्रभावकारी वनाउने संगठनको कार्यनीति मध्ये प्राथमिकताका आधारमा नयां योजना र कार्यक्रम सहित महानगरीय प्रहरी आयुक्तको कार्यालयको स्थापनाबाट सोही कार्यालयको प्रत्यक्ष मातहतमा रहने गरि यस महानगरीय अपराध महाशाखाको स्थापना भएको छ । वास्तवमा उपत्यकाको अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी वनाउन प्रारम्भमा "केरकार शाखा", उपत्यका अपराध अनुसन्धान समूह र उपत्यका अपराध अनुसन्धान शाखा हुंदै मिति २०६३ साल मंसीर १ गते बाट यस इकाईलाई महाशाखामा स्तर अभिवृद्धि गरिएको हो ।
यस महाशाखाको स्वरुपमा भैरहेको परिवर्तन संग-संगै गुणात्मक परिवर्तन पनि गर्दै लैजानु पर्ने कुरामा महाशाखा क्रियाशिल छ । यद्यपि महाशाखाको प्र्रस्तावित जनशक्ति, भौतिक सुविधा तथा उपकरणहरु र अन्य प्रवन्धका व्यवस्थाहरुको र्सर्न्दर्भमा गर्नु पर्ने व्यवस्थापकीय कामहरु भईरहेका छन् तथापी हाल मौजुदा जनशक्ति एवं अन्य साधन श्रोतहरुको यथासम्भव सुव्यवस्था गरि परिणाममुखि कार्यलाई निरन्तरता दिने कुरा यस महाशाखाको प्राथमिक कार्यनीतिमा रहेको छ ।
स.मु.स. ऐन २०४९ को अनुसूची १ अर्न्तगत प्रहरीलाई अनुसन्धान गर्ने अख्तियारी प्राप्त मुद्धाहरुको दायरा भित्र पर्न आउने अपराधहरु मध्ये विशेषज्ञतापुर्ण अनुसन्धान र आवश्यक पर्ने गंभीर प्रकृतिका अपराधहरुको सक्षम अनुसन्धान कार्यमा सहयोग पु-याउने एवं अन्य अपराधको अन्वेषण गर्ने कुरालाई महाशाखाको कानूनी अधिकार (Mandate) को रुपमा लिएको छ । यसै गरि "व्यावसायिकता, निर्भिकता र ऐक्यवद्धता" भन्ने आफ्नो अभिव्यक्तिका साथ राजधानी शहर काठमाण्डौ उपत्यकालाई अपराध र अपराधीको खतरा (Threat) बाट सुरक्षित राख्न र फौजदारी कानूनको प्रभावकारी कार्यान्वयनमा राज्यलाई मद्धत पु-याउन अपराधको सक्षम अनुसन्धान (Investigation) र प्रभावकारी अन्वेषण (Effective Discovery) गर्ने कार्यलाई अनुष्ठान मानी अपराध विरुद्धको लर्डाईमा ऐक्यवद्धता हौं भन्ने नाराका साथ आफ्नो व्यावसायिक विशिष्ठताका साथ आम नागरिकहरुको भावना र सहयोगको कदर गर्दै यस महाशाखा क्रियाशील रहेको छ ।